काठमाडौं । संघीय संसदमा नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण कार्यक्रम सुरु भएको छ। यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह विशेष पहिरनसहित समारोहमा सहभागी भएका छन्।
शाह ‘सिलाम साक्मा’ लगाएर सपथ ग्रहण स्थलमा पुगेका हुन्, जसले कार्यक्रममा सांस्कृतिक झल्को थपेको छ।
किराती समुदायमा ‘सिलाम साक्मा’लाई शुभ संकेतका रूपमा लिने गरिन्छ। यसले मृत्यु तथा अपशकुनबाट जोगाउने पवित्र चिन्हको रूपमा पनि मान्यता पाएको छ।
सांसदहरूको सपथसँगै नयाँ संसदको औपचारिक प्रक्रिया अघि बढेको छ भने बालेनको सांस्कृतिक पहिरनले समारोहमा विशेष ध्यान आकर्षित गरेको छ।




