राजनीति

शपथपछि एमाले सांसद च्यासलमा भेला, ओलीको विशेष सम्बोधन हुने

काठमाडौं । नेकपा (एमाले)ले आफ्ना संघीय सांसदहरूलाई प्रतिनिधिसभा शपथपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपस्थित हुन निर्देशन दिएको छ।
पार्टीका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई एकै स्थानमा भेला गराई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार सो कार्यक्रममा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्नुका साथै सांसदहरूलाई आवश्यक निर्देशन दिनेछन्।

पिताको निधनपछि अध्यक्ष ओली पहिलोपटक च्यासलस्थित पार्टी कार्यालयमा उपस्थित हुन लागेका हुन्। एमालेले यस भेलालाई नयाँ संसदीय यात्राका लागि मार्गनिर्देशनका रूपमा लिएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *