राजनीति

संसदीय दलको नेता छान्न रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठक पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बोलाइएको जानकारी दिइएको छ ।

बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गरिने रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पार्टी वरिष्ठ नेता बलेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।

आजै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथको कार्यक्रम रहेको छ । शपथ सकिएलगत्तै रास्वपाको बैठक बस्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *