काठमाडौं । जेनजी प्रदर्शनसम्बन्धी कार्की आयोगको प्रतिवेदन सरकारद्वारा औपचारिक रूपमा सार्वजनिक नहुँदै सञ्चारमाध्यममा ‘लिक’ भएपछि विवाद उत्पन्न भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको र डिजिटल (इलेक्ट्रोनिकं) संस्करणसमेत प्राप्त नभएको दाबी गरेका छन्। उनले सार्वजनिक भएको प्रतिवेदनको आधिकारिकतामाथि पनि प्रश्न उठाएका छन्।
करिब पाँच महिनाको अध्ययनपछि आयोगले प्रतिवेदन सरकारलाई बुझाएको भए पनि हाल मन्त्रिपरिषद् स्तरमै अध्ययन भइरहेको जनाइएको छ।




