काठमाडौं । भदौ २३ र २४ का हिंसात्मक घटनाबारे छानबिन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै नेपाली सेनाका केही कमाण्डरमाथि कारबाही सिफारिस गरेको छ। तर उच्च तहको सैनिक नेतृत्व भने आलोचनाबाट जोगिएको देखिन्छ।
प्रतिवेदनअनुसार शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबार र नयाँ बानेश्वरस्थित संघीय संसद् भवनजस्ता चार अत्यन्त संवेदनशील क्षेत्रमा सुरक्षा प्रभावकारी हुन नसकेको निष्कर्ष निकालिएको छ। ती स्थानमा खटिएका कमाण्डरहरूले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै सैनिक ऐनअनुसार विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।
घटनाका बेला शीतल निवासमा सहायक रथी मनोज बैदवार, प्रधानमन्त्री निवासमा प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबारमा प्रमुख सेनानी गणेश खड्का र संसद् परिसरमा सेनानी सन्तोष ढुंगेल खटिएका थिए। आयोगले उनीहरूको नेतृत्वमा सुरक्षा व्यवस्थापन कमजोर भएको औंल्याएको छ।
तर, समग्र सुरक्षा संरचनाको नेतृत्व गर्ने नेपाली सेनाप्रमूख असोकराज सिक्देल माथि भने प्रतिवेदन मौन देखिन्छ। आलोचकहरूका अनुसार राष्ट्रपतिको निवासदेखि केन्द्र सरकारका मुख्य संरचना जोगाउन नसक्नुको नैतिक जिम्मेवारी उच्च नेतृत्वले लिनुपर्ने भए पनि आयोगले त्यो प्रश्न उठाएको छैन। यसअघि आयोगले चन्द्र कुबेर खापुङ,हुतराज थापा र राजु अर्यालमाथि सुरक्षा प्रमुखहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरिसकेको छ। त्यसको तुलनामा सेनामाथि नरम दृष्टिकोण अपनाइएको टिप्पणी भइरहेको छ। नेपाली सेनाले देशको हरेक विषय संरक्षण गर्न सक्नुपर्नेमा जेनजी युवाहरुलाई नै नेपाली सेनाको गाडीमा हालेर हिँडाएको थियो ।
भदौ २४ मा उपद्रवकारी समूहले सिंहदरबार, शीतल निवास, प्रधानमन्त्री निवास र संसद् भवनमा आगजनी, तोडफोड र लुटपाट मच्चाएका थिए। उक्त घटनामा आवश्यक मात्रामा बल प्रयोग नगरेको र कतिपय स्थानमा सुरक्षामा कमजोरी देखिएको आरोप लामो समयदेखि उठ्दै आएको थियो।
यसैबीच, प्रतिवेदन सार्वजनिक हुनु अघि सेना प्रमूख अशोकराज सिक्देलले गृहमन्त्री ओमप्रकाश अर्यालसँग गरेको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। स्रोतका अनुसार प्रतिवेदनमा समेटिएका विषयबारे जानकारी लिन उक्त भेट भएको हुनसक्ने अनुमान गरिएको छ। समग्रमा आयोगको सिफारिसले तल्लो तहका कमाण्डरलाई जिम्मेवार देखाए पनि उच्च नेतृत्वको भूमिकाबारे उठेको प्रश्न भने अझै अनुत्तरित नै रहेको छ।
महत्वपूर्ण चार स्थान (Vital Installations) को सुरक्षामा चुकेका सैनिक पदाधिकारीमाथि र टिबोबी (TOB) ग्रुपलाई कारबाही सिफारिश
सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको चार स्थलहरुः १ राष्ट्रपति भवन शीतल निवासमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सु टोलीको प्रमुख सहायक रथी श्री मनोज वैदवार ।
मास्था टोली नमन्त्री निवास बालुवाटारमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा
प्रमुख, प्रमुख सेनानी श्री दिवाकर खड्का ।
स्था
१३ सिंहदरबार सचिवालयमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, प्रमुख सेनानी श्री गणेश खड्का । (जिल्ला सुरक्षा समितिको सदस्य समेत रहेका)
आस्था आस्था आस्था आस्था
आस्था
४ संसदभवन, अन्तरराष्ट्रिय सम्मेगास्था आस्था आस्था आस्था आस्था आस्था
तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख सेनानी श्री सन्तोष ढुङ्गेल ।
माथि उल्ले
केन्द्र भवन परिसर बानेश्वरमा सुरक्षाको लागि नेपाली सेनाको
चार स्थलहरुको सुरक्षा गर्न नसकेकोमा ती परिसरमा सुरक्षाको स्था आस्था आ
नेपाली सेनाका कमाण्डरहरु उपर कानूनी कारबाहीको लागि सैनिक आकर्षित हुन आउने देखिन आयो ।
खटिएका
दफा १०५ मा हेर्दा सो दफामा विभागीय सजायसम् आस्था आ २०६३ को दफा १०५
प्रावधान रहेकोछ। परिच्छेद ८ ( सैनिक अदालतको गठन तथा अधिकार क्षेत्रमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको क्षेत्राधिकारभित्र पर्ने देहायका दर्जाका व्यक्तिले यस ऐन बमोजिम कसूर गरेमा कसूरको गाम्भीर्यता हेरी निजहरुलाई सैनिक अदालत नबोलाई देहाय बमोजिमको अधिकारीले देहाय बमोजिम विभागीय सजायको आदेश दिन सक्नेछ। उपदफा (१) को देहाय (क) मा कमाण्डिङ्ग अधिकृत वा सो सरहका कमाण्डर वा नेपाल सरकारको स्वीकृति लिई प्रधानसेनापतिले तोकेको अन्य अधिकृतले विभागीय सजायको आदेश दिन सक्ने कानूनी प्रावधान रहेको छ ।
स्था
यस अनुसार कमाण्डिङ्ग अधिकृत भनेको कुन तहको अधिकृत रहेछ भनी हेर्दा यसै ऐनको दफा २ को (छ) (१) ले “कमाण्डिङ्ग अधिकृत” भन्नाले युनिट, सवयुनिटको तालुकवाला भनी परिभाषा गरेको पाइन्छ। यस परिभाषा अनुसार २०८२ भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवास, सिंहदरबार सचिवालय, प्रधानमन्त्री निवास र संसद
लागि खटिएका नेपाली सेनाका कमाण्डरहरुलाइ कमाण्डिङ्ग अधिकृतको रुपमा लिन मिल्ने देखिन आयो ।भदौ २४ गतेका दिन आफू खटिएको देशका महत्वपूर्ण चार स्थान ( Vital Installations) राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार सचिवालय परिसर र संसदभवन,अन्तरराष्ट्रिय सम्मेलन केन्द्र भवन परिसर बानेश्वरमा सुरक्षाको लागि खटिएका नेपाली सेनाका माथि उल्लेखित ४ जना कमाण्डर अधिकृतहरुले सुरक्षा दिन दिलाउन नसकेकाले निजहरुलाई सैनिक ऐन, २०६३ को दफा १०५ को उपदफा (१) को देहाय (क) (७) बमोजिम नेपाली सेनाबाट कानूनी रीत पुराएर कारबाही गर्न गराउन नेपाल सरकार समक्ष सिफारिश गरिएको
छ ।




