देश

युद्ध रोक्ने प्रयास तीव्र, अमेरिकाले इरानलाई पठायो १५ बुँदे प्रस्ताव

काठमाडौं  ।  झन्डै एक महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने प्रयासस्वरूप United States ले Iran समक्ष १५ बुँदे प्रस्ताव पठाएको खुलेको छ। उक्त प्रस्ताव Pakistan मार्फत इरानलाई हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।द न्युवर्क टाइम्सले  स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार प्रस्तावमा युद्ध अन्त्यका उपायहरू समेटिएका छन्। यद्यपि, इरानले यसलाई स्वीकार गर्ने वा नगर्ने तथा Israel यसमा सहमत हुने/नहुने विषय अझै स्पष्ट भइसकेको छैन।

यसैबीच रेउटरर्स र इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ ले पनि अमेरिकाले पाकिस्तानमार्फत प्रस्ताव पठाएको पुष्टि गरेका छन्। यसअघि पाकिस्तानका प्रधानमन्त्री सेजवाज सरिफले अमेरिका–इजरायल–इरानबीच सहमति जुटाउन आफ्नो देश तयार रहेको बताएका थिए।

प्रस्तावका सबै बुँदा सार्वजनिक नभए पनि केही मागहरूबारे प्रारम्भिक जानकारी बाहिरिएको छ। ‘च्यानल १२’ का अनुसार अमेरिकाले इरानसँग होर्मुज जलडमरूमध्य खुला राख्नुपर्ने र यसलाई अन्तर्राष्ट्रिय समुद्री मार्गका रूपमा कायम गर्नुपर्ने माग राखेको छ। साथै इरानको ब्यालिस्टिक मिसाइल तथा आणविक कार्यक्रमसम्बन्धी विषय पनि योजनामा समावेश भएको जनाइएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले इरानसँग सकारात्मक संवाद भइरहेको बताएका थिए। तर इरानले औपचारिक वार्ता नभएको दाबी गर्दै आएको छ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणपछि द्वन्द्व झनै चर्किएको थियो। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अलि खामेनीसहित उच्च अधिकारीहरू मारिएका थिए। त्यसयता दुवै पक्षबीच निरन्तर आक्रमण जारी छ।मानवअधिकारसम्बन्धी संस्था  मानव अधिकार न्युज एजेन्सीका अनुसार इरानमा मात्रै ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। साथै इरानको प्रतिआक्रमणका कारण इजरायल तथा खाडी क्षेत्रका अमेरिकी आधारहरूमा पनि मानवीय र भौतिक क्षति भएको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *