राजनीति

अमेरिका–नेपाल सम्बन्ध सुदृढ बनाउने संकेत, लामिछानेलाई अमेरिकी दूतको बधाई

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार हालै सम्पन्न निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताप्रति दूत गोरले लामिछानेलाई बधाई दिएका हुन्। चैत १० गते भएको उक्त संवादमा दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको जनाइएको छ।

वार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विशेष ध्यान दिइएको थियो। दूत गोरले अमेरिकाले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा दुई देशबीच दशकौँदेखि कायम रहँदै आएको मैत्री सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा पनि सकारात्मक छलफल भएको दूतावासले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *