राजनीति

बालेनको शपथसँगै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिँदै गर्दा बालुवाटारको सरकारी निवास छाड्ने तयारीमा छन्। बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदैछन्। शपथ समारोहसँगै प्रधानमन्त्री कार्कीले सरकारी निवास बालुवाटार छोडेर निजी जीवनतर्फ फर्कने छिन्।

उनका प्रेस सल्लाहकार राम रावलले भने, “नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास कार्कीले खाली गरेर निजी निवासमा फर्किनेछिन्।” प्रधानमन्त्री कार्की भदौ २७ मा नियुक्त भएकी थिइन्। जेनजी आन्दोलनपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउन पाएकी उनले निर्वाचन सम्पन्न गराएर नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्न लागेकी हुन्। विशेष विश्लेषकका अनुसार, यो पारदर्शी हस्तान्तरणले नेपालको लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने संकेत हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *