देश

रास्वपा सरकारलाई सदन् र सडकबाट खबरदारी गर्ने सांसद हर्क साङपाङको घोषणा

काठमाडौं । नयाँ राजनीतिक शक्तिका रुपमा उदाउँदै गएको .श्रम संस्कृति पार्टीले आफूलाई केवल संसदीय सीमामा सीमित नराख्ने संकेत दिएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् प्रवेशसँगै सडक संघर्षलाई निरन्तरता दिने स्पष्ट रणनीति सार्वजनिक गरेका छन्। ललितपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले भने(“हामी सदनमा पुग्यौँ भन्दैमा सडक छोड्ने छैनौँ।” उनको भनाइले परम्परागत संसदीय अभ्यासभन्दा फरक राजनीतिक शैली अपनाउने संकेत गरेको छ।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साम्पाङ हालै मात्र काठमाडौँ आइपुगेका हुन् र सपथको तयारीमा छन्। उनले पार्टी स्थापना भएको छोटो समयमै ८ सिट जित्नुलाई “महत्त्वपूर्ण उपलब्धि” भन्दै जनताले नयाँ विकल्प खोजिरहेको संकेत बताएका छन्। साम्पाङको रणनीति स्पष्ट छ(संसद्मा नीति निर्माण र आवाज उठाउने,सडकबाट दबाब सिर्जना गर्ने, उनका अनुसार, सडकबाट आएको ऊर्जा बिना संसद् प्रभावकारी हुन सक्दैन। यही कारण पार्टीले आन्दोलन र संसदीय अभ्यासलाई सँगसँगै अघि बढाउने नीति लिएको छ। कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता दोहोर्‍याए। “कसैको डर मान्ने छैनौँ,” भन्दै उनले सत्ता वा शक्तिको दबाबमा नपर्ने संकेत दिए। तर, विश्लेषकहरूका अनुसार यो रणनीति सफल हुन,संसद्मा प्रभावकारी भूमिका,सडक आन्दोलनको अनुशासन,नीतिगत स्पष्टता
जरुरी हुन्छ।

कार्यक्रममा नवनिर्वाचित सांसदहरू—आएन राई, पूर्णप्रसाद लिम्बु, राधिका लिम्बु, अम्बिका संग्रौला(को उपस्थिति थियो। तर अब मुख्य चुनौती भनेको नारा र आन्दोलनलाई ठोस नीतिमा रूपान्तरण गर्नु हो। सडकको लोकप्रियता संसद्मा प्रभावमा रूपान्तरण गर्न नसकिए नयाँ दलहरू छिट्टै कमजोर हुने इतिहास छ। हर्क साम्पाङको “सदन र सडक दुबै” रणनीति नेपाली राजनीतिमा नयाँ प्रयोगका रूपमा देखिएको छ। तर यो रणनीति सफल हुन्छ कि केवल दबाब सिर्जना गर्ने माध्यममै सीमित रहन्छ(त्यो आगामी दिनले तय गर्नेछ। अहिलेका लागि भने स्पष्ट सन्देश छ ,संसद् प्रवेश अन्त्य होइन, संघर्षको अर्को चरणको सुरुवात हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *