देश

विदेशमा पढ्न र जागिरका लागि गएका नेपालीहरू सीआईएको नियन्त्रणमा, हामी किन चिन्तित नहुने ?

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी ले विदेशमा रहेका नेपाली नागरिकलाई अमेरिकी जासुसी संस्था सीआईएले नियन्त्रणमा राखेर मतदान प्रक्रियामा संलग्न गराएको दाबी गरेका छन्। सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भने, “विदेशमा पढ्न र जागिरका लागि गएका नेपालीहरू सीआईएको नियन्त्रणमा छन्। उनीहरूलाई आफ्नो आमाबाबु अभिभावकको दबाबमा वा अनिवार्यतामा मतदान गराउन लगाइएको छ। यस्तो देश हुँदाहुँदै पनि हामी किन चिन्तित नहुनु?”

उनी सिंहदरबार, सर्वोच्च अदालत र संसद् जस्ता संस्थामा विरोध प्रदर्शनमा आएका व्यक्तिहरूको सङ्ख्या उल्लेख गर्दै जनताको निर्णय सधैं सही नहुने टिप्पणी पनि गरे। अध्यक्ष केसीले भने, “जनताले सधैं सही फैसला गर्छन् भन्ने कुरा होइन्। यो परिस्थिति विदेशी शक्तिले नेपालमा आफ्नो प्रभाव कायम राख्न खेलाएको खेल हो।”

नेपालको वर्तमान राजनीतिक अवस्था विश्लेषण गर्दै केसीले कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र जनताको असन्तुष्टिको कारण उत्पन्न भएको दाबी गरे। साथै, उनले चीन र अमेरिकाबीचको रणनीतिक खेल अन्तर्गत यस किसिमको हस्तक्षेप भएको उल्लेख गरे। अध्यक्ष केसीले भने, “प्रत्यक्ष कार्यकारीको कुरा आउँदा, अमेरिका जस्तो प्रजातान्त्रिक देशमा ट्रम्प जस्ता नेता चुनिने र जनताको निर्णय सधैं सही नहुने उदाहरणले देखाउँछ कि विदेशबाटको हस्तक्षेपले प्रभाव पार्ने प्रयास भइरहेको छ।” यस विषयमा केसीले नेपाली जनताको सचेतना आवश्यक रहेको र राजनीतिक प्रक्रियामा सचेत रहनुपर्नेमा जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *