राजनीति

नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति सन्तुलनमा नयाँ मोडको संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटीय ध्रुवीकरणबीच नयाँ राजनीतिक समीकरणको संकेत देखिएको छ। शेरबहादुर देउवा र शेखर कोइराला पक्षबीच बढ्दो सहकार्यले पार्टीको आन्तरिक शक्ति सन्तुलन फेरिने संकेत गरेको हो।

दुवै समूहको सक्रियतामा बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई नै आधार मानेर अघि बढ्ने सहमति गरेको छ। यसले विशेष महाधिवेशनपछि विकसित समानान्तर संरचनामाथि प्रश्न उठाउँदै पुरानो नेतृत्व पुनः स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ। बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला र विजय गच्छदार लगायतका नेताहरूको उपस्थिति थियो। केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मेवारी कार्यवाहक सभापति खड्कालाई दिइएको छ। नेता मीन विश्वकर्माले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै अब निर्वाचित समितिलाई सक्रिय बनाइने स्पष्ट संकेत गरेका छन्।

प्रतिनिधि सभा निर्वाचनअघि साझा चुनाव चिह्न लिएर सहकार्य गरेका कांग्रेसभित्र अहिले भने दुई फरक शक्ति केन्द्र स्पष्ट देखिएका छन्। एकातर्फ १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व छ भने अर्कोतर्फ विशेष महाधिवेशनमार्फत बनेको संरचना सक्रिय छ। यसले पार्टीभित्र ‘दुई ध्रुवीय शक्ति अभ्यास’ झन् स्पष्ट बनाएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई वैधानिकता दिए पनि आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यही कारण दुवै पक्षले आ–आफ्नो वैधता दाबी गर्दै छुट्टाछुट्टै बैठक र गतिविधि अघि बढाइरहेका छन्।

निर्वाचन परिणामपछि कांग्रेसभित्र आरोप–प्रत्यारोप पनि बढेको छ। हारको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेताहरूबीच मतभेद तीव्र बन्दै गएको छ भने केही स्थानमा कारबाही सिफारिससमेत अघि बढाइएको छ। यसैबीच, विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकार गरेको छ। नेतृत्व निरन्तरता आवश्यक रहेको निष्कर्षसहित उनको राजीनामा नस्वीकार्ने निर्णयले पार्टीभित्र स्थायित्व कायम गर्ने प्रयास भएको विश्लेषण गरिएको छ। विश्लेषकहरूका अनुसार देउवा–कोइराला पक्षबीचको समीकरणले आगामी दिनमा संसदीय दलको नेतृत्व चयनदेखि संगठनात्मक पुनर्संरचनासम्म प्रभाव पार्न सक्छ। यद्यपि, आन्तरिक अविश्वास र समानान्तर गतिविधि अन्त्य नभएसम्म स्थायी समाधान कठिन देखिन्छ।

कांग्रेसभित्रको शक्ति पुनर्सन्तुलन केवल आन्तरिक व्यवस्थापनको विषय मात्र नभई समग्र लोकतान्त्रिक अभ्याससँग जोडिएको प्रश्न बन्दै गएको छ। समयमै स्पष्ट सहमति र एकीकृत मार्गचित्र नबने पार्टी थप जटिलतामा फस्ने संकेत देखिएको छ।निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा पूर्णरूपमा सार्वजनिक गरेसँगै नेपाली कांग्रेसमा संसदीय दलको नेता को हुने भन्ने चर्चा सुरु भएको छ । कांग्रेस दलको विधानमा पार्टीको राष्ट्रिय सभा दलको नेता प्रतिनिधि सभा दलको नेताले मनोनयन गर्ने व्यवस्था छ ।

कांग्रेसमा नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर भएर गुटबन्दी चरमोत्कर्षमा छ । विशेष महाधिवेशनले थापालाई सभापति र शर्मालाई उपसभापतिसहितको नयाँ कार्यसमिति बनाएको छ । त्यो कार्यसमितिमा देउवा र कोइराला समूहका कुनै पनि नेता समेटिएका छैनन् । टिकट वितरणमा सभापतिका रूपमा रहेका गगन थापाले असन्तुलित टिकट वितरण गरेका थिए । त्यसपछि चर्को आलोचना भएको थियो । दलको नेतामा आकाङ्क्षी हेर्दा विशेष महाधिवेशनमा सहभागी भएका र नभएका नेताले दाबी गरिरहेका छन् । कांग्रेस नेताहरूका अनुसार प्रत्यक्षबाट निर्वाचन जितेका भरतबहादुर खड्का, जनकराज गिरी, मोहन आचार्य र नरेन्द्र केरुङले दलको नेतामा आकाङ्क्षा राखिरहेका छन् । समानुपातिकतर्फका अर्जुननरसिंह केसी र भिष्मराज आङ्देम्बेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

केसी वर्तमान संस्थापन र आङदेम्बे देउवा कोइराला समूहका उम्मेदवारका रूपमा देखिने नेताहरू बताउँछन् । आङदेम्बे २०७० को दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए । उनी १४औँ महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार बन्दै सहमहामन्त्री पदमा निर्वाचित भएका थिए । आङदेम्बेलाई आफूहरूको तर्फबाट संसदीय दलको नेतामा उम्मेदवार बनाउन दुवै देउवा र कोइराला पक्ष सहमत छन् ।

देउवा समूहका नेता मीन विश्वकर्माले संसदीय दलको नेता सर्वसम्मत नहुने भन्दै आफूहरूले दाबी प्रस्तुत गर्ने बताउँदै आएका छन् । । प्रवक्ता देवराज चालिसेले भने केन्द्रीय समिति बैठकपछि सो विषयमा आधिकारीक छलफल हुने बताएका छन् । डा. कोइराला समूहका एक नेताका अनुसार सर्वोच्च अदालतमा आधिकारिकताको विषयमा एक मत भएकाले संसदीय दलमा पनि देउवा समूहसँग मिलेर जाने चर्चा छ ।

कांग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी प्रतिनिधि सभामा ३८ सांसद छन् । प्रत्यक्षमा संस्थापनका धेरै सांसद भए पनि समानुपातिकमा देउवा–कोइराला समूहका सांसद धेरै छन् । प्रत्यक्ष र समानुपातिक सबै सांसद जोड्दा संस्थापनमा १६ सांसद छन् भने कोइराला–देउवा समूहको बहुमत छ । निर्वतमान देउवा समुहका १५ र कोइराला समुहका ७ गरी २२ सांसद छन् ।

विशेष महाधिवेशनबाट नेतृत्व संस्थापनमा प्रत्यक्ष जितेका १२ र समानुपातिक ४ सांसद छन् । इलाम–१ बाट निश्कल राई, रौतहट–२ बाट मो। फिरदोश आलम, कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की, दैलेख–१ बाट वासना थापा, तेह्रथुमबाट सन्तोष सुब्बा, अछाम–१ बाट भरतकुमार स्वार, रसुवाबाट मोहन आचार्य, डोटीबाट भरतबहादुर खड्का, पाँचथरबाट नरेन्द्रकुमार केरुङ, बाजुराबाट जनकराज गिरी र मुगुबाट खड्ग शाही संस्थापनपक्षबाट निर्वाचित भएका सांसद छन् ।

त्यस्तै संस्थापनबाट समानुपातिकमा अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक छन् । समानुपातिकको बन्दसूचीमा नाम राखेर निर्वाचन आयोगमा पठाउँदा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए । प्रत्यक्षतर्फको उम्मेदवारीका लागि भने गगन थापाले हस्ताक्षर गरेको टिकट वितरण भएको थियो । निर्वतमान सभापति देउवा समूहबाट प्रत्यक्षतर्फ ५ जनाले जित हासिल गरेका छन् । सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, पाल्पा–१ बाट सन्दीप राना, हुम्लाबाट जयपती रोकाय, मनाङबाट टेकबहादुर गुरुङ र जाजरकोटबाठ खड्कबहादुर बुढाले देउवासमुहका उम्मेदवारले निर्वाचनमा जित हासिल गरेका छन् ।

देउवा समूहबाट समानुपातिकतर्फ १० जना सांसद् छन् । मदनकृष्ण श्रेष्ठ, डा।गंगालक्ष्मी अवाल, गीता गुरुङ, सुशीला ढकाल आचार्य, सीता थपलिया, हरिनादेवी कामी, पवित्रा विक, नीनुकुमारी कर्ण र शाहजान खातुन रहेका छन् । कोइराला समूहबाट प्रत्यक्षमा १ र समानुपातिकतर्फ ६ गरी ७ जना सांसद बनेका छन् । प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन थकालीले निर्वाचनमा विजयी हासिल गरेका छन् । यस्तै समानुपातिकतर्फ गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना केसी ९उप्रेती०, डा।प्रमिलाकुमारी गच्छदार, डा। चन्द्रमोहन यादव र रेखाकुमारी यादव रहेका छन् ।

यस्तै राष्ट्रिय सभामा देउवा समूहको एक्लै बहुमत छ भने नयाँ नेतृत्व पक्ष संस्थापनका २ जना मात्र सांसद छन् । राष्ट्रियसभामा कांग्रेस २४ सदस्यसहित सबैभन्दा ठुलो पार्टी बनेको छ । राष्ट्रिय सभामा देउवा समूहको एकल बहुमत देखिन्छ राष्ट्रिय सभामा देउवा समूहका १६ जना छन् । डा।कोइराला समूहका ६ र संस्थापनका दुई सदस्य छन् । राष्ट्रिय सभामा संस्थापनका कमला पन्त र पदम परियार सांसद छन् । कोइराला समूहका विष्णुदेवी पुडासैनी, विष्णुकुमारी सापकोटा, नारायणदत्त मिश्र, रञ्जित कर्ण, वासुदेव जंगली र गीता देवकोटा सांसद छन् ।

यस्तै देउवा समूहका आनन्द प्रसाद ढुंगाना, किरण बाबु श्रेष्ठ, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सिटौला, कृष्ण बहादुर रोकाय, गोपालकुमार बस्नेत, जितजंग बस्नेत, दुर्गा कुमारी गुरुङ्ग, नारायण दत्त भट्ट, युवराज शर्मा, सुनिलबहादुर थापा, ललितजंग शाही, धमेन्द्र पासवान, जगत तिमिल्सिना, चन्द्रबहादुर केसी, वासुदेव जंगली र खम्मबहादुर खाती सांसद बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *