काठमाडौँ । भारतले लिपुलेक पास हुँदै भारत–चीन व्यापार मार्ग खुलाउने भएको छ । पछिल्ला पाँच वर्षदेखि बन्द रहेको मार्ग भारत–चीनबीचको व्यापार यस वर्षदेखि पुनः सुरु गरिने तयारी गरिएको भारतको पिथौरागढका जिल्ला अधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष भटगानीले जानकारी दिएका छन् ।
उनकाअनुसार आगमी जुन १ तारिखदेखि औपचारिक रूपमा व्यापार सञ्चालन गरिनेछ। व्यापार बन्द रहँदा यससँग आवद्ध धेरै व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको उनले बताए ।
यसअघि नेपाली भूमि लिपुलेक व्यपार मार्ग खुलाउने भारत र चीनले सम्झौता गरेको भन्दै नेपालले विरोध गरेको थियो ।




