काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले राजीनामा दिएका छन्। राजीनामा पत्रमा उनले प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दै आफूले पाएको अनुभवलाई जीवनभर सम्झने बताए।
नारायणले आफ्नो कार्यकालमा नेपालको राजनीतिक र सामाजिक रुपान्तरणमा संलग्न हुन पाएको अवसरलाई महत्त्वपूर्ण ठहर गर्दै, अभूतपूर्व कठिन परिस्थितिमा पनि प्रधानमन्त्री कार्कीले समस्त नेपालीको आशापुञ्ज बनेर नेतृत्व प्रदान गरेको स्मरण गराए। उनले शहिद, घाइते परिवार, आन्दोलनकारी र राष्ट्रसेवकहरूको योगदानको पनि सम्मान व्यक्त गरे।
राजीनामा पत्रमा उनले प्रधानमन्त्री कार्कीको धैर्यता, सहनशीलता र कार्यकौशलको प्रशंसा गर्दै आफूलाई सिक्ने ठूलो अवसर प्राप्त भएको उल्लेख गरेका छन्। उनले कामका क्रममा भएका कमजोरीका लागि क्षमा प्रार्थना गर्दै सबै सहयोगी, कर्मचारी र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।
गोविन्द नारायणले राजीनामा चैत्र २ गते पेश गरेका हुन्।
आदरणीय
शहिद एब शहिदका परिवारजन,
घाइते एव घाइतेका परिवारजन,
जेन-जी अभियन्ता,
राष्ट्र-सेवकहरु,
आम-नागरिक एब मित्रहरु
मुलुकलाई सामान्य अबस्थामा ल्याउन यहाहरुको योगदानलाई म हृदयदेखि नै नमन गर्दछु ।
जेन जी बिद्रोहको नेतृत्व जेनजी साहशी अभियन्ताहरुले गर्नुभयो । राजनीतिक अत्याचारको सिन्डिकेट भत्काई दिनु भयो । मुलुकमा शान्ति अमन चयन कायम गर्न राष्ट्र-सेवकहरुले सक्दो मिहेनत गर्नु भयो।
भदौ २३/२४ गतेको बिद्रोह पछि बिकसित अति विषम परिस्थितिले एक अन्तरिम ब्यबस्थाको माग गर्यो । त्यसको कुशल एब शान्तिपूर्ण नेतृत्व सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यु, नवनियुक्त सम्माननीय प्रधानमंत्री शुशिला कार्कीज्यु, नव-नियुक्त गृहमन्त्री ओम प्रकाश अर्यालज्यु, कुशल अर्थ-ब्यबस्थापक मन्त्री श्री रामेश्वर खनालज्यु र शालीन ज्ञाता कानुन मन्त्री श्री अनिल कुमार शिन्हाज्युले गर्नुभयो ।
मुलुकका ओल्ड गार्ड्सलाई राष्ट्रपतिज्युले शान्तिधारमा ल्याउनु भयो र न्यु गार्ड्सलाई प्रधानमन्त्रिज्युले। उहाहरु बीचको सम्बन्ध सेतुको रुपमा दुर्गा सुबेदी सर र अजय भद्र दाईको भूमिका अतुलनीय छ, एतिहासिक छ ।
निर्वाचन गराउने बिषयमा राष्ट्रपतिज्यु र प्रधानमन्त्रीज्यु सदैव एकमत हुनुहुन्थ्यो र माननिय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री राम प्रसाद भण्डारी यस कठिन समयको सारथी हुनुहुन्त्यो I जसको निर्वाचन गराएर नै छाड्ने दृढता सगरमाथा झैँ उच्च थियो, अटल थियो, अडिक थियो। उहाहरु तीनै जनाको भूमिका अति सशक्त, अति सर्हानिय, मर्यादित र समन्वय पूर्ण थियो, जून त्रिकोणात्मक सम्बन्धको नेतृत्वदायी गुणबाट नेपालका आगामी राजनीतिज्ञ, प्रशाशक र अभियन्ताहरु सबैले मनग्गे सिक्न सक्नेछन् ।
यो यात्रामा हामी दुई सल्लाहकारहरुले ३ शुत्र अबलम्बन गरेको थियौ,
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र निर्वाचन आयोगबीच सहकार्यको नीति ,
सिहदरवार-माइतीघर आसपास PEACE DOME को नीति ,
सम्भावित अधिकासं समस्यालाई “बेलैमा देखने, जरामै समेटने ” नीति
र सोहि आधारमा सबै दल तथा सरोकारवालालाई निर्वाचन केन्द्रित गर्ने समेट्ने छाता रणनीति |
अजय दाई र मैले पदबहाल गरे लगत्तै आबस्यक रणनीति प्रधानमन्त्री कार्यालयको दोश्रो तल्लाको नवनिर्मित संसद भवन तर्फ फर्केको एक कोठामा केवल दुई जना मिलेर कैयन रात-रात भरी सेतो बोर्डमा कोर्दै गयौ, पूर्ण र स्पस्ट नभएसम्म लेख्ने मेट्ने क्रम जारी रह्यो । जव रणनीतिको ठोस तस्विर आयो हामी दुबैले उसरी नै त्यो अक्षरको सुन्दर तस्विरलाई मस्तिस्कमा राखेम, बिष्तृत कहिँ केहि लेखेनौ, बस त्यसको सारांश प्रत्यक ब्रिफमा २/ ३ पेज सम्माननीयज्यूलाई बुझाएर हामि दुई काममा लाग्यौ, लागि रह्योऊ, र सबैको साथ् पाई रह्योउ।
त्यो रणनीतिमा साथ् दिने सबै मंत्रीज्युहरु, प्रशासकज्युहरु, सेना, प्रहरी, जेन जी मित्रहरु, आन्दोलनकारी मित्रहरु, प्र. म. कार्यालयका सम्पूर्ण कर्मचारी मित्रहरु तथा अहोरात्र खटिने अधिकृत भुवन लिम्बु, पुर्व-प्रशासकहरु, बिज्ञहरु, कार्यालय सहायकहरु, पत्रकार मित्रहरु,क्यान्टिनका कर्मचारीहरु, मिठो मुक्कानले बिहानैदेखि रातिसम्म स्वागत गर्ने सेना-प्रहरीजनहरु, जलेको सिहदरवार छेउका बगैचामा बसन्तका बताससंगै आउने दिनहरु प्रति आशावादी हुदै मच्चीरहेका फुल, रुख, पात सबैले हामीलाई हरदम सहयोग गर्नुभयो ।
अल्केमिस्टमा लेखे झैँ “जव तिमि केहि हासिल गर्न चाहन्छौ, सारा ब्रमाण्ड तिमीलाई त्यो प्राप्त गर्न षडयन्त्र गर्छ”। त्यसरी नै यहाँहरु सबैले मिलेर यो मुलुकलाई लयमा फर्काउन र सफल बनाउन सफल हुनु भयो ।
हामि यहाहरु सबै प्रति ऋणी छौ । राज्य संयन्त्रका सम्पूर्ण पदाधिकारी र आम नागरिक सबैको उतिकै मिहेनतले मुलुक आज सामान्य अबस्थामा फर्किएको छ, रुपान्तरणको माहोल बनेको छ।
प्रधानमन्त्री सुशिला कार्कीज्यु तथा उहाको मन्त्रीपरिषदको धैर्यता, सहन, साहश र मिहेनतको परिणाम हो यो । प्रधानमन्त्रीज्युले व्यक्तिगत रुपमा खप्नु भएको पिडा, उहाको दृढ-मिहेनत, कार्य कौशल, उहाका उल्लाश, उहाका कथा-ब्यथाको साक्षी बनाउनु भएकोमा म उहा प्रति धेरै नै ऋणी छु । अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई बिश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री सुशिला कार्की प्रति कृतज्ञता व्यक्त गर्दछु । यहाले मलाई सिक्ने ठुलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रिको बिद्यार्थी बन्न पाए, अत्यन्तै खुशी छु किनकी त्यो बिरलै अनुभव थियो ।
एक दिन यहाले मेरो लागि बिशेष दिन दिनु भएको थियो,
मिठो मकै र चिया दुइ दुइ पल्ट खुवाएर मेरो कुरा सुन्ने मन गर्नु भो, त्यो पल अभूतपूर्व थियो, म सम्झीरहने छु । यहाँले बिश्वाश गरेर जुन भूमिका निर्वाह गर्ने जिम्मेवारी मलाई हजुरले सुम्पनु भयो त्यस प्रति म यहाप्र्ती अत्यन्त आभारी छु।
केहि बिषयमा मलाई मतान्तर राख्ने स्वतन्त्रता जुन हजुरले दिनु भयो
सो निमित्त पनि म आभारी छु,
कर्तब्य परायणको दौरान व्यक्तिलाई गौण र मुलुकलाई प्रधान,
व्यक्तिगत हितलाई गौण र राष्ट्रिय हितलाई सर्वोपरी राखी काम गर्ने जुन माहोल र मान्यता छ, त्यसलाई हजुर-हामि सबैले सिरोपर गर्ने छौ भन्ने बिश्वाश गर्दछु ।
सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीज्युले मलाई दिनुभएको महत्वपूर्ण भूमिका निर्वाह गरे पश्चात, मैले गत चैत्र २ गते सम्माननीय प्रधानमन्त्रीको जन-सम्पर्क सल्लाहकारको भूमिकाबाट सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष राजिनामा पेश गरेको छु |
कर्तब्यपारायणका दौरान जानेर नजानेर मबाट भएका कमि कमजोरी/ ढिलासुस्ती प्रति म क्षमा चाहन्छु । र, यस एतिहासिक क्षणमा साथ् निभाउनु हुने, मलाई सिकाउनु हुने रआलोचना गर्नु हुने सबै सबैमा मेरो धेरै धन्यवाद।