देश

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सभापति थापाको राजीनामामाथि निर्णय हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा चुनावी समीक्षाका साथसाथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पार्टी सभापति थापाको राजीनामाको प्रस्ताव अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका छन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *