काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित महासचिवको कार्यकक्षमा बस्ने जानकारी दिएको छ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधिसभामा सिट जितेका दलहरूको बैठक आह्वान गरिएको हो।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सिट प्राप्त गरेका छन्।
संसद् सचिवालयले बोलाएको बैठकमा यी दलहरूले आगामी कदम र प्रक्रियाबारे छलफल गर्नेछ।




