देश

महाधिवेशनको तयारी र रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको तयारीसहित समग्र राजनीतिक रणनीतिमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बैठकमा महाधिवेशनको कार्यतालिका, संगठन सुदृढीकरण तथा हालै सम्पन्न निर्वाचनको समीक्षा मुख्य एजेन्डा रहनेछन्।

ललितपुरस्थित वीपी स्मृति भवनमा शुक्रबार दिउँसो बस्ने बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरू सहभागी हुनेछन्। पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि कांग्रेसले अब आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा समेत गम्भीर छलफल गर्ने तयारी गरेको छ। पार्टीभित्र संगठन पुनर्गठन र नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित बनाउने विषय पनि बैठकको केन्द्रमा रहने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *