देश

कार्की आयोग प्रतिवेदन नआउँदा युवाको असन्तोष चुलियो, आन्दोलनको चेतावनी

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएपछि युवाहरूमा असन्तोष बढ्दै गएको छ। सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै विशेषगरी ‘जेनजी’ युवाहरू आक्रोशित बनेका छन्। केही साताअघि माइतीघरमा प्रदर्शन गरेका उनीहरू मन्त्रिपरिषद्को बैठकपछि केही समय शान्त भए पनि अपेक्षित प्रतिवेदन सार्वजनिक नभएपछि पुनः आन्दोलनको तयारीमा जुटेका हुन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्ले प्रतिवेदन ग्रहण गरेको जानकारी दिँदै छिट्टै सार्वजनिक गरिने बताएका थिए। तर उनले उल्लेख गरेको समयसीमा पूरा नभएपछि सरकारप्रति प्रश्न उठ्न थालेको छ। युवाहरूले अब दबाब बढाउन थप कडा आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। एक अगुवाका अनुसार विभिन्न समूहसँग छलफल भइरहेको र छिट्टै सशक्त प्रदर्शन गरिने तयारी छ। यसैबीच, ‘जेनजी रेडफोर्स’ले सरकारलाई सात दिनको अल्टिमेटम दिँदै सो अवधिभित्र प्रतिवेदन सार्वजनिक नभए सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *