काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया अब छिट्टै अघि बढ्ने संकेत दिएका छन्। उनले आगामी हप्ताभित्रै नयाँ सरकार बन्न सक्ने अपेक्षा व्यक्त गरेका हुन्।नेपाल नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री खनालले निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै संवैधानिक प्रक्रिया तीव्र हुने बताए।
उनले वर्तमान जिम्मेवारीबाट आफू क्रमशः अलग हुने संकेत गर्दै अब विश्राम लिने समय आएको उल्लेख गरे। साथै, खनालले आगामी सरकारलाई चुनौतीपूर्ण आर्थिक अवस्थाबीच काम गर्नुपर्ने बताउँदै बाह्य क्षेत्रबाट देखिएका दबाब र समष्टिगत आर्थिक सूचकलाई ध्यानमा राखेर प्रभावकारी नीति लिनुपर्ने धारणा राखे। नयाँ सरकार बलियो जनमतसहित आएर देशको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने विश्वास पनि उनले व्यक्त गरे।




