देश

शान्तिपूर्ण निर्वाचनपछि प्रधानमन्त्रीको पशुपतिमा कृतज्ञता पूजा

काठमाडौं । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले भगवान् पशुपतिनाथप्रति आभार व्यक्त गर्दै रुद्राभिषेक पूजा गरेकी छन्।बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर उनले विशेष पूजा गर्दै देशमा शान्ति र स्थायित्व कायम राख्न सबै पक्षबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त पूजा सफल निर्वाचनप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले गरिएको हो।

प्रधानमन्त्री कार्कीले मुलुकलाई स्थायित्वतर्फ अघि बढाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा देश अझ प्रगतितर्फ उन्मुख होस् भन्ने कामना पनि गरिन्। साथै, नेपालीबीच आपसी एकता, सद्भाव र सहकार्यको भावना अझ बलियो बन्नुपर्नेमा उनले जोड दिइन्।

पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *