काठमाडौं। जेनजी आन्दोलनको मुखमा संकटमा परेको पार्टीभित्र थप विद्रोह गरेर निर्वाचनको मुखमा एक पक्षीय भेला गरेर विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगनकुमार थापा । निर्वाचन आयोगको निर्णयपछि थापा सभापतिमा नियुक्त भए । नयाँ र पुरानो कांग्रेस, भ्रष्ट कांग्रेस र सुधारको कांग्रेस भनेर अनेक नारा बनाए । सोही नारा र विद्रोह कांग्रेसका लागि घातक बन्यो । निर्वाचनको तयारी गर्न निर्वतमान सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनमा जान कांग्रेसलाई बारम्बार सुझाव दिए ।
थापाले तोकिएको समयमा नै नियमित महाधिवेशन गर्न पनि सकेका थिएनन्, कारण थियो क्रियाशिल सदस्यता वितरण र नविकरण गर्न नसक्न्ु । सोही कारण थापा विशेषमहाधिवेशन भनेर अघि बढे । सोही समयमा विशेषमहाधिवेशन पक्षधर र थापा र उपसभापति शर्माले कडा आलोचना भोग्नु परेको थियो । निवर्तमान सभापति देउवाले थापा र शर्मालाई निर्वाचनपछि मात्र १५ औँ महाधिवेशन गर्दा उचित हुने र निर्वाचनमा लाग्न दिएको आदेश नमान्दा कांग्रेस सभापति थापाले कडा आलोचना भोग्नु परेको छ । सभापति थापाले देउवासहितका लगभग एक दर्जन नेतालाई त टिकट वितरण गरेनन्। कांग्रेसमा नयाँ सभापति बन्दा निर्वाचनको नतिजाले कांग्रेसलाई पुराना र नयाँको विभेद गर्न नहुने निष्कर्ष दिएको छ । वर्तमान समयमा कांग्रेसको आधिकारिकताको मुद्धा सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा छ । सोही विषयमा कांग्रेसभित्र तितो सत्यको विषयमा बहस जारी छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र नयाँ राजनीतिक ऊर्जा र प्रतिस्पर्धा सिर्जना गरेको थियो। विशेषगरी सभापति गगन थापा मैदानमा बाघजस्तै आक्रमक देखिए। तर प्रतिनिधि सभा निर्वाचनको नतिजा आउँदा उनी मौन बनेका छन्। थापाले निर्वाचनमा आफ्नो उम्मेदवारीसहित शीर्ष नेतृत्वका पदाधिकारीहरूलाई मैदानमा उतारेका थिए। तर प्रत्यक्षतर्फ पार्टीले केवल १८ सिट जित्न सकेको छ भने १६५ क्षेत्रबाट उम्मेदवारी दिएका धेरै नेताहरू पराजित भए। मधेस, तराई र राजधानीका अधिकांश क्षेत्रमा पराजय भोग्दा कांग्रेसभित्र नेतृत्व, रणनीति र संगठनात्मक कमजोरीमाथि तीव्र बहस उठेको छ।
विशेषगरी थापाले मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवारी दिएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहले झण्डै ११ हजार मतको अन्तरले पराजित गरे। महामन्त्रीहरू प्रदीप पौडेल, गुरुराज घिमिरे र अन्य शीर्ष नेताहरू पनि चुनावी मैदानमा पराजित भए। यसले पार्टीभित्र नेतृत्वको वैधता र रणनीतिक दृष्टिमा प्रश्न उठाएको छ।
निर्वाचन परिणामपछि कांग्रेसभित्र आन्तरिक विवाद बढेको छ। निर्वतमान समापति शेरबहादुर देउवा निकट नेताहरूले विशेष महाधिवेशनलाई मान्यता नदिने दाबी गर्दै विरोध जनाएका छन्। उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई तत्काल पद छाड्न नभई हारको समीक्षा गर्दै संगठन सम्हाल्न सुझाव दिएका छन्। तर थापाले नैतिकताका आधारमा राजीनामा दिन तयार रहेको संकेत गरेका छन्।
विश्लेषकहरू भन्छन्, “मैदानमा बाघजस्तै सक्रियता देखाउनु र नतिजा अनुसार मौन रहनु राजनीतिक नेतृत्वको चुनौती र आन्तरिक एकताको परीक्षण हो।” थापाले नयाँ र पुरानको भेद हटाउँदै पार्टीलाई सुदृढ बनाउने जिम्मेवारी हातमा लिने आवश्यकता छ।
निर्वाचनमा पराजयको बावजुद कांग्रेसले समानुपातिकतर्फ २० जना सांसदको नाम निर्वाचन आयोगमा पठायो । सो विषयमा पनि नातावाद हाबी भएको भन्दै कांग्रेसभित्र चर्को आलोचना सुरु भएको छ । आदिवासी, खस–आर्य, थारू, दलित, मधेसी, मुस्लिम तथा पिछडिएका समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै कम्तीमा १५ महिला सांसदको नाम समावेश गरिसकेको छ ।
यो कदम पार्टीभित्र समावेशीकरण र संगठनात्मक सुधारको संकेत हो, तर प्रत्यक्षतर्फको कमजोर प्रदर्शनले यसको प्रभावलाई सीमित बनाएको छ। वर्तमान अवस्थामा कांग्रेसभित्र विभिन्न चुनौतीहरु छन् । नेतृत्व संरचना,सञ्चार रणनीति र स्थानीय संगठन विस्तार विश्वास । निर्वाचनमा पराजय र नेतृत्वको आलोचनाले कांग्रेसलाई आत्मसमीक्षा मोडमा पुर्याएको छ। थापाको मौनता केवल हारको संकेत मात्र होइन, भविष्यको रणनीति र पार्टी पुनर्गठनका लागि अवसर पनि हो। अब प्रश्न यही छ—नेतृत्वले जनताको सन्देशलाई आत्मसात गर्दै पार्टीलाई नयाँ दिशामा लैजान सक्षम हुन्छ कि केवल प्रतीकात्मक प्रतिक्रिया मात्र दिइन्छ।
प्रतिनिधि सभा निर्वाचनले देखाएको असफलता, संगठनात्मक कमजोरी र नेतृत्व चुनौतीले नेपाली कांग्रेसलाई आगामी दिनमा नयाँ रणनीति, युवा नेतृत्व सशक्तिकरण र संगठन सुधारतर्फ केन्द्रित हुन बाध्य बनाएको छ।
कांग्रेसभित्र विवाद संकट , अदालतले कहिले गर्ला आधिकारिकताको फैसला?




