राजनीति

ज्येष्ठ सदस्य केसीले गराउने नयाँ सांसदको सपथ ग्रहण

काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सपथ गराउने भएका छन्। संसद्को सबैभन्दा ज्येष्ठ सदस्यका हैसियतले केसीले सभाको प्रारम्भिक बैठकको अध्यक्षता गर्ने र अन्य सांसदलाई पद तथा गोपनीयताको सपथ गराउने व्यवस्था छ।

संविधानको धारा ९१ (९५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा सभामा उपस्थित ज्येष्ठ सदस्यले बैठक सञ्चालन र सपथ ग्रहण गराउने दायित्व पाउँछन्। ७८ वर्षका केसी यस संसद्का सबैभन्दा उमेरदार सांसद हुन्।

समानुपातिक कोटाबाट निर्वाचित केसीले प्रारम्भमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आफ्नो सपथ लिनेछन् र त्यसपछि अन्य नयाँ सांसदलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने छन्। साथै, सभाको पहिलो बैठकको अध्यक्षता पनि उनीले नै गर्नेछन्। सो बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका निर्धारण गर्ने सम्भावना छ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक प्रतिनिधि सभा सदस्यहरूको विवरण तयार पारेर संसद सचिवालयमा बुझाउने तयारी गरिरहेको छ। संसद सचिवालयकी सूचना अधिकारी सावित्रा शर्माका अनुसार चैत १० देखि १५ गतेभित्र सांसदहरूको सपथ ग्रहण गराउने योजना बनाइएको छ।

‘निर्वाचन आयोगले केही दिनभित्र प्रतिवेदन पठाउँछ, त्यसपछि सपथ ग्रहणका लागि तयारी पूरा गरिनेछ,’ शर्मा बताइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *