अर्थ

महासंघले तोक्यो नयाँ दर: सुन–चाँदी दुवैको मूल्यमा हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार दुवै धातुको कारोबार मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो।

महासंघले सार्वजनिक गरेको दरअनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य एकैदिन ४ सय रुपैयाँले उकालो लागेको हो।

त्यस्तै १० ग्राम सुनको मूल्य पनि वृद्धि भई २ लाख ६५ हजार ६९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा केही बढी हो।

चाँदीतर्फ पनि मूल्य बढेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ, जुन सोमबारको ५ हजार २६५ रुपैयाँभन्दा ७० रुपैयाँ बढी हो।

यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ५७४ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *