राजनीति

नवसांसदलाई संसदीय प्रशिक्षण: रास्वपाको अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिप मा आयोजना गरिएको कार्यक्रम बुधबारसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा सहभागी सांसदहरू उत्साहपूर्वक उपस्थित भएका छन्।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार अभिमुखीकरणमा पार्टी नेतृत्वसँगै विषय विज्ञहरूले विभिन्न विषयमा प्रस्तुति दिनेछन्।

फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दै उल्लेख्य सफलता हासिल गरेको थियो भने समानुपातिक प्रणालीबाट थप ५७ सांसद पाएको छ।

पार्टीका धेरैजसो सांसद पहिलोपटक संसदमा प्रवेश गर्ने भएकाले उनीहरूलाई संसदीय मर्यादा, नियम–कानुन, विधेयक निर्माण प्रक्रिया र संसदीय अभ्यासबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *