राजनीति

सेवा प्रवाह सुधार्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री–गृहमन्त्रीको आकस्मिक निरीक्षण

काठमाडौं । सुशीला कार्की र ओमप्रकाश अर्याल ले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर सेवा प्रवाहको अवस्थाबारे आकस्मिक अनुगमन गरेका छन्।

नागरिकले पाउने सरकारी सेवा प्रभावकारी, छिटोछरितो र पारदर्शी बनाउने उद्देश्यले गरिएको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासा सुनेकी थिइन्। साथै उनले कर्मचारीलाई ढिलासुस्ती नगरी सरल र सहज ढंगले सेवा दिन निर्देशन दिइन्।

अनुगमनका क्रममा गृहमन्त्री अर्यालले प्रशासनिक सेवा पारदर्शी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै सेवाग्राहीलाई दुःख दिने बिचौलियाविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताए। उनले यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी पनि दिए।

पछिल्लो समय सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा लामो समय लाइन बस्नुपर्ने, अनावश्यक झन्झट बेहोर्नुपर्ने तथा बिचौलियाको सक्रियता बढेको गुनासो बढ्दै आएपछि उच्च तहबाट प्रत्यक्ष अनुगमन गरिएको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *