देश

सुदूरपश्चिम मुख्यमन्त्रीलाई घुस मागेको आरोपमा वरिष्ठ वन अधिकृत पक्राउ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएर वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट भट्टलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना का अनुसार, भट्टविरुद्ध मुख्यमन्त्रीका स्वकीय सचिव प्रयागराज खनाल ले विद्युतीय अपराधसम्बन्धि जाहेरी दिएका थिए। सोही आधारमा उनलाई हिरासतमा राखिएको छ।

स्रोतका अनुसार, भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोपपछि उद्योग मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। अहिले भट्ट जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् र थप अनुसन्धान भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *