काठमाडौं । नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादव लगायत १६ जना नेताको नाम पार्टी केन्द्रीय समितिसमक्ष कारबाहीका लागि सिफारिस गरिएको छ। बारा–३ क्षेत्रीय कार्यसमितिको सिफारिसअनुसार उनीहरूलाई पार्टी सदस्यताबाट निलम्बन गर्न माग गरिएको छ।
क्षेत्रीय सचिव राजेश भण्डारी का अनुसार सिफारिसमा परेका नेताहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार फरमुल्लाह मन्सुर लाई निर्वाचनमा असहयोग गरेको आरोप छ। सिफारिस पत्रमा भनिएको छ, “जिल्ला सभापति यादवले आफ्ना नातेदार र नजिकका कार्यकर्तालाई परिचालन गरी उम्मेदवारलाई हराउने कार्य गराउन लगाएका छन्।”
क्षेत्रीय सभापति प्रभातकुमार चौरसिया ले हस्ताक्षर गरेको पत्रमा कारबाही सिफारिस गरिएका सबैलाई तत्काल सदस्यताबाट निलम्बन गर्न केन्द्रीय समिति अनुरोध गरिएको छ।
सिफारिसमा परेका नेताहरूको सूची :
राजेश राय यादव – जिल्ला सभापति, नेपाली कांग्रेस बारा
हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया
बजरंगी साह – महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. २
भोला राय यादव – सभापति, कलैया उपमहानगरपालिका वडा नं. ६
रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २
रबिन्द्र यादव (रोवान) – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३
दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
मो। अतिउर रहमान (पपपु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. ३ (ख)
हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि, वडा नं. ५, कलैया उपमहानगरपालिका
सिफारिससँगै पार्टी भित्र अनुशासनात्मक प्रक्रिया सुरु हुने सम्भावना बढेको छ र केन्द्रीय समितिको निर्णयलाई सबैको ध्यानाकर्षण भएको छ।




