काठमाडौं । खाडी क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका बीच दुबईस्थित अन्तराष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ। यात्रु तथा विमानस्थलमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा अस्थायी रूपमा रोकिने निर्णय गरिएको दुबईका अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार विमानस्थल आसपास क्षेत्रमा लागेको आगो नियन्त्रणमा ल्याउन प्रयास जारी छ। दुबइ अफिसले दिएको जानकारीअनुसार सोमबार भएको ड्रोन आक्रमणका कारण विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको हो।
हालै सुरु भएको **दुबई मिडिया अफिसका इजरायल र अमेरिकापछि खाडी क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बनेको छ। फेब्रुअरी अन्त्यदेखि सुरु भएको तनावका कारण मिसाइल तथा ड्रोन आक्रमणहरू तीव्र भएका छन्।
विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डामध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झण्डै नौ करोड यात्रुले आवतजावत गरेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार मध्यपूर्वमा बढ्दो द्वन्द्वले विमानस्थल सञ्चालनमा समेत प्रभाव पारेको छ।
यस अवधिमा खाडीका विभिन्न अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन्। ती आक्रमणका लक्ष्यमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय भवनहरू समेत परेका छन्।
सन् २०२० कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेपछि यस्तो सुरक्षा चुनौतीको प्रभाव यूएईमा बढी देखिएको विश्लेषण गरिएको छ। खाडीका अन्य अरब राष्ट्रहरू पनि यी आक्रमणबाट प्रभावित भएका छन् र उनीहरूले इरानप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।




