देश

समानुपातिक सिट बाँडफाँड , रास्वपाले सबैभन्दा बढी ५७ सिट

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या अन्तिम रूपमा टुंगो लगाएको छ। बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट प्राप्त गर्दै सबैभन्दा बढी सिट पाएको छ। नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट, नेकपा एमालेले १६ सिट पाएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान रूपमा ४–४ सिट पाएका छन्।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कुल १ करोड १२ लाख ८० हजार ६१७ मतदाता सहभागी भएका थिए। यसमा १ करोड ८ लाख ३५ हजार २५ मत (९९६.०५ प्रतिशत) सदर भएको थियो।समानुपातिक प्रणाली अनुसार सिट वितरण गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०९ अनुसार तीन प्रतिशतभन्दा बढी मत पाएका ६ दललाई सिट बाँडफाँड गरिएको हो।प्रत्यक्षतर्फ पनि रास्वपाले सबैभन्दा बढी १२५ सिट जितेको छ, जसले पार्टीको ठूलो बहुमत सुनिश्चित गरेको छ। निर्वाचन परिणामसँगै राजनीतिक दलहरूको शक्ति सन्तुलन र आगामी सरकार गठन प्रक्रिया अब स्पष्ट हुँदै गएको छ।

1-Scanned Documents_page-0001

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *