काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ पुस्ता र वरिष्ठ अनुभवयुक्त सांसदहरूको मिश्रित रूप देखिएको छ। जेनजी आन्दोलनपछिको पहिलो प्रतिनिधिसभामा सात जना जेनेरेसन–जी (जेनजी) उम्मेदवार विजयी भएका छन् भने ६० वर्ष माथिका ११ जना सांसदले अनुभवको बल देखाएका छन्।
जेनजीले संसद प्रवेश
जेनजी आन्दोलन (भदौ २३–२४) पछि गठित सुशीला कार्की नेतृत्व अन्तरिम सरकारले गराएको निर्वाचनमा सात जना जेनजी उम्मेदवार निर्वाचित भएका हुन्। ६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाटः निशा डाँगी (झापा–१, ४५,६८० मत), मनिष खनाल (नवलपुर–२, ४१३४७ मत), बब्लु गुप्ता (सिराहा–१, ४१३२२ मत), सस्मित पोखरेल (काठमाडौं–५, ३०७३७ मत), प्रशान्त उप्रेती (मकवानपुर–२, ३००५० मत), केपी खनाल (कैलाली–२, २००५७ मत) १ जना श्रम संस्कृति पार्टी बाटः आरेन राई (खोटाङ–१, १६६१२ मत) । सन् १९९७–२०१२ बीच जन्मिएका यी युवा सांसदहरूले नयाँ राजनीतिक ऊर्जा र सम्भावना देखाएका छन्।
लुम्बिनी र दाङमा युवा दबदबा
लुम्बिनी प्रदेशमा ४० वर्षमुनिका ११ जना सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।
रुपन्देही–५ क्षेत्रहरूमा सुनिल लम्साल (३५) रुपन्देही–१० – कांग्रेसका पूर्व नेतालाई पराजित
सुलभ खरेल (२८, रुपन्देही–२ – पूर्व उपप्रधानमन्त्री पराजित
कन्हैया बनिया (३६, रुपन्देही–४)
तौफिक अहमद खान (३८, रुपन्देही–५)
दाङ–२ र दाङ–३ मा क्रमशः ३९ वर्षीय विपिनकुमार आचार्य र ३८ वर्षीय कमल सुवेदी विजयी भए। गुल्मी–१, अर्घाखाँची, प्युठान–१, बाँके–३ र पाल्पा–१ मा पनि ३१–३७ वर्षका युवा सांसद विजयी भएका छन्।
६० वर्षमाथिका अनुभवी
प्रतिनिधि सभामा ६० वर्षमाथिका ११ जना सांसदले आफ्नो अनुभव देखाएका छन्।
नेपाली कांग्रेस : टेकबहादुर गुरुङ (७१), भरत स्वार (७०), भरतबहादुर खड्का (६८), प्रकाशसिंह कार्की (६२), जनकराज गिरी (६०)
रास्वपाः सिताराम साह (६५), विक्रमसिंह थापा (६३), देवराज पाठक (६०)
नेपाली कम्युनिस्ट पार्टी : पुष्पकमल दाहाल ‘प्रचण्ड’ (७०)
नेकपा एमाले :लक्ष्मीप्रसाद पोखरेल (६३)
स्वतन्त्र : महावीर पुन (७१)
यी अनुभवी सांसदहरूले निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्दै आफ्नो क्षेत्रीय प्रभुत्व कायम राखेका छन्। यो निर्वाचनले नयाँ पुस्ता र अनुभवी सांसदहरूको सन्तुलित प्रतिनिधित्व देखाएको छ। जेनजी सांसदहरूले नयाँ ऊर्जा र सम्भावना प्रस्तुत गरेका छन् भने वरिष्ठ सांसदहरूले अनुभव र स्थायित्वको भरोसा दिलाएका छन्। यसरी संसदमा युवा र अनुभवीको मिश्रणले आगामी समयका नीति निर्माण र विकास कार्यमा दुवैको योगदान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।




