देश

जनमतको सम्मान गर्दै ओलीले स्वीकारे चुनावी परिणाम

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएपछि नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले जनताको निर्णयलाई स्वीकार गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै निर्वाचनको नतिजालाई लोकतान्त्रिक अभ्यासको रूपमा सम्मान गर्ने बताएका हुन्।

फेसबुकमार्फत व्यक्त गरिएको प्रतिक्रियामा ओलीले निर्वाचनमा आफ्नो पार्टीले सोचेजस्तो परिणाम हासिल गर्न नसकेको स्वीकार गरेका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णय नै अन्तिम हुने उल्लेख गर्दै प्राप्त जनमतलाई पूर्ण रूपमा सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्ने मतदाता, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकप्रति उनले आभार व्यक्त गरेका छन्। कठिन परिस्थितिमा समेत साथ दिने समर्थकहरूको विश्वास नै आफ्नो राजनीतिक यात्राको मुख्य आधार भएको उनले उल्लेख गरेका छन्।

ओलीले हारबाट निराश नभई आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले निर्वाचनको परिणामले पार्टीको जनसेवाको यात्रालाई रोक्न नसक्ने बताउँदै आगामी दिनमा अझ सक्रिय भएर राजनीतिक गतिविधि अघि बढाउने संकेत समेत दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *