देश

निर्वाचनपछि ६ दल राष्ट्रिय पार्टीको सूचीमा, हर्क साम्पाङको दल पहिलोपटक प्रवेश

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै नेपालमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। तीमध्ये एक दल नयाँ रहेको छ भने पाँच दल यसअघि नै राष्ट्रिय दलको रूपमा स्थापित थिए । यसपटक पहिलोपटक राष्ट्रिय दलको मान्यता पाउने दलका रूपमा श्रम संस्कृति पार्टी देखिएको छ। धरानका पूर्व मेयर हर्क साम्पाङ नेतृत्वको उक्त दलले प्रत्यक्ष निर्वाचनतर्फ तीन सिट जित्दै तथा समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएको हो।

बाँकी राष्ट्रिय दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्। यी दलहरू अघिल्लो प्रतिनिधिसभामा पनि राष्ट्रिय दलकै रूपमा प्रतिनिधित्व गरिरहेका थिए। निर्वाचन आयोगको व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा आवश्यक मापदण्ड पूरा गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ। यसपटकको निर्वाचनपछि संसदमा राष्ट्रिय दलहरूको संख्या छवटामा सीमित भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *