राजनीति

कांग्रेस सांसदहरूले भेटघाट तथा छलफल कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रिय सभाका बहालवाला सदस्य तथा प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका अनुसार कार्यक्रम आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चालन हुनेछ। कार्यक्रममा संसदीय दलका प्रमुख सचेतकसहित पार्टी नेतृत्वले नवनिर्वाचित सांसदहरूलाई स्वागत गर्नेछन्।

भेटघाटका क्रममा संसदीय गतिविधि, पार्टीको आगामी रणनीति तथा राष्ट्रिय सभाको भूमिकाबारे छलफल गरिने जनाइएको छ। साथै आगामी दिनमा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक सामूहिक प्रयासबारे पनि विचार आदान–प्रदान हुने बताइएको छ।

कार्यक्रममा बहालवाला सांसदहरूले आफ्नो अनुभव सुनाउनेछन् भने नयाँ सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण र राष्ट्रिय महत्वका विषयमा आवश्यक जानकारी तथा परामर्श प्रदान गरिने कांग्रेसले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *