राजनीति

चितवन–२ बाट निर्वाचित लामिछानेले चुनावी खर्च आयोगमा बुझाए

काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले निर्वाचन आयोगले तोकेको आचारसंहिताअनुसार चुनावी खर्चको विवरण बुझाएका हुन्।

उनका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको विवरणमा चितवन–२ क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

चितवन–२ बाट निर्वाचित लामिछानेले कानुनअनुसार निर्धारित समयभित्र खर्च विवरण पेश गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *