काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै भित्र नेतृत्वको कार्यशैली र चुनावी रणनीतिबारे तीव्र बहस सुरु भएको छ। पार्टीका सभापति सहित केन्द्रीय कार्यसमितिका अधिकांश पदाधिकारी निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्र आत्मसमीक्षा र आलोचनाको लहर देखिएको हो।
कांग्रेसले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापासहित आठ जना पदाधिकारीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। तर निर्वाचन परिणाम आउँदा तीमध्ये एक जना पनि प्रतिनिधिसभामा प्रवेश गर्न सकेनन्। यसले पार्टी नेतृत्वको रणनीति र संगठनात्मक तयारीबारे प्रश्न उठाएको छ।
सभापति थापा स्वयं मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उनलाई उम्मेदवारले झण्डै ११ हजार मतको अन्तरले पराजित गरे। सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत प्राप्त गरेका थिए। कांग्रेसले थापालाई प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सार्दै चुनावी अभियान चलाएको थियो, तर निर्वाचन परिणामले त्यो रणनीतिलाई सफल बनाउन सकेन। अहिले नेपाली कांग्रेसको वृतमा सभापति थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बहस उठेको छ ।
निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले थापा र शर्मा लगायतको सिंगो विशेष महाधिवेशन टोलीलाई निर्वाचनको विषयलाई ध्यानमा राखेर निर्वाचनको माहोल बनाउन लाग्न बारम्बार आग्रह गर्दै आएका थिए । तर पौषको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा एकपक्षीय भेला गरेर केन्द्रिय समिति खारेज गरी निर्वाचन आयोगको आदेशमा सभापति बनेका थिए,थापा । थापाले निर्वाचनको मुखमा सभापति बनेर निवर्तमान सभापतिसहितका करिब एक दर्जन नेताहरुलाई टिकट दिएनन्,त्यति मात्र होइन् उनले कांग्रेसलाई दुई धुब्रमा बाँड्ने काम पनि सोही विशेष महाधिवेशनले ग¥यो । पार्टीभित्र पुरानालाई अपराधी भ्रष्ट र नयाँ सुनपानीले चोखिएको न्यारेटिभ्स बनाइयो । सोही कारण आज संघीयसंसदको सबैभन्दा ठूलो दल दोस्रो मा सिमित हुनु परेको छ ।
निर्वाचनमा पार्टीका शीर्ष नेतृत्व नै पराजित भएपछि कांग्रेसभित्र नेतृत्वको निर्णय प्रक्रिया, उम्मेदवार छनोट र संगठन सञ्चालन शैलीबारे आलोचना बढ्न थालेको छ। केही नेताहरूले चुनावी रणनीति कमजोर भएको र पार्टीभित्र पर्याप्त सहमति नबनाई निर्णय गरिएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन्। यद्यपि कांग्रेसले प्रत्यक्षतर्फ देशभर १७ सिट जितेको छ। कोशी प्रदेशमा तीन, मधेश र बागमतीमा एक–एक, गण्डकी र लुम्बिनीमा दुई–दुई, कर्णालीमा पाँच तथा सुदूरपश्चिममा तीन सिट कांग्रेसले जितेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीका शीर्ष नेताहरूको सामूहिक पराजयले कांग्रेसभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता देखाएको छ। आगामी दिनमा नेतृत्वको रणनीति, संगठनको पुनर्संरचना र पार्टी एकता कसरी सुदृढ बनाइन्छ भन्ने प्रश्न अहिले कांग्रेसभित्र मुख्य बहसको विषय बनेको छ। यसैबीच कांग्रेसको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद पनि विचाराधीन छ। सर्वोच्चले १५ दिनभित्र विवाद टुंग्याउन अग्राधिकार दिएको भए पनि निर्वाचनका कारण प्रक्रिया प्रभावित भएको बताइन्छ। यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन सम्भव नभएको भन्दै नियमित महाधिवेशन निर्वाचनपछि मात्र गर्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गराएका थिए। तर थापाले सभापतिको हैसियतमा उम्मेदवारी र टिकट वितरणको अधिकार हुनुपर्ने अडानसहित विशेष महाधिवेशन गरेका थिए, जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो।
यस घटनाक्रमका कारण कांग्रेसभित्र ‘नयाँ र पुराना’ नेतृत्वबीचको विवाद थप चर्किएको छ। धेरै नेताहरूले अब पार्टीले आन्तरिक विभाजनभन्दा माथि उठेर आत्मसमीक्षा गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिरहेका छन्। एक थरीले त अब पार्टीका सभापति थापालाई मान्न नसकिने बताउन थालेका छन् ।
यस्तै निर्वाचनमा हेवि ओइट पूर्वप्रधानमन्त्री थापा नेकपा एमालेका अध्यक्षले पनि बालेन्द्र शाह (बालेन)सँग निर्वाचन हारे । बालेनले ओलीलाई भारी मतले हराएपछि नेकपमा एमालेभित्र पनि नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । केही नेताहरूले पार्टी अध्यक्षको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक भएको आवाज उठाएका छन्। यससँगै प्रमुख दलहरूमा नेतृत्व परिवर्तनको बहस आगामी दिनमा अझै तीव्र हुने संकेत देखिएको छ। तर ओली भने राजीनामा नदिने अडानमैँ छन् । यसअघि पनि पार्टीभित्र बारम्बार नेतृत्व परिवर्तनको बहस चलेको थियो । थापा र ओली निर्वाचनको पराजयलाई स्वीकार्दै नेतृत्वबाट आफू पछि नहट्ने अडानमा देखिएका छन् ।कांग्रेसले अहिलेको निर्वाचन हार्नुमा थुप्रै विषय र बहस भएको पार्टीभित्र बहस चल्न सुरु भइसकेको छ ।




