काठमाडौँ। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९लाख ३५ हजार २१६ मत गणना भएको छ ।
निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ७: ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३८,३६,००७ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेसले १२,९२,६६९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले१०,९१,७३४, नेपाली कम्युनिस्ट पार्टीले ५,६४,५२२ , राष्ट्रिय प्रजातन्त्र पार्टीले २,६७,९३९ र श्रम संस्कृति पार्टीले २,६३,१४८,मत प्राप्त गरेको छ । मतगणना जारी छ ।




