काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार १५४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने ११ क्षेत्रको मत परिणाम आउन बाँकी छ।
हाल मतगणना सुनसरी–२, सुनसरी–४, बर्दिया–२, रामेछाप, गोरखा–१ र–२, धनुषा–१, नुवाकोट–१ मा जारी छ। यी क्षेत्रमा रास्वपाले अग्रता कायम राखेको छ।
त्यस्तै, अछाम–२, इलाम–१ र संखुवासभामा मतगणना भइरहेको छ र यहाँ एमालेले अग्रता लिएको देखिन्छ।




