काठमाडौं । जनेजी आन्दोनपछिको निर्वाचनबाट रास्वपाका बरिष्ठ नेता झापा क्षेत्र न.५बाट निकै बलियो मतसहित विजय भए । बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा अघि राखेर चुनावमा होमिएको थियो। बालेन काठमाडौं महानगरका निवर्तमान मेयर हुन्। २०७९ सालमा स्वतन्त्र रूपमा मेयर बनेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएका थिए। बालेन झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। विगतमा उक्त क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिन्थ्यो। बालेनले ६८,३४८ मत ल्याएर ओलीलाई १८,७३४ मतले पराजित गरे, जसमा ४९,६१४ मतको फरक देखियो।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै नेपालको राजनीतिमा नयाँ शक्ति र नयाँ नेतृत्वबारे व्यापक चर्चा सुरु भएको छ। विशेषगरी वैकल्पिक शक्ति मानिएको रास्वपाको अप्रत्याशित सफलता र भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको विषय अहिले राष्ट्रिय बहसको केन्द्र बनेको छ। तर राजनीतिक उभारसँगै बालेनका लागि आगामी जिम्मेवारी विगतभन्दा निकै कठिन हुने संकेत देखिएको छ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५० क्षेत्रको अन्तिम नतिजा आएको छ भने बाँकी १५ क्षेत्रमा मतगणना जारी छ। सार्वजनिक नतिजाअनुसार रास्वपाले प्रत्यक्षतर्फ ११६ स्थानमा विजय हासिल गरिसकेको छ। मतगणना जारी रहेका धेरै क्षेत्रमा पनि सो पार्टीका उम्मेदवार अग्रस्थानमा छन्। समानुपातिक मतगणनामा समेत रास्वपाको प्रभाव देखिएको बताइएको छ।
यस परिणामले नेपालको परम्परागत राजनीतिक समीकरणलाई नै उल्ट्याएको देखिन्छ। रास्वपाकी नेतृ सोबिता गौतमले पनि बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएकी छन्। उनका अनुसार पार्टीले चुनावअघि नै बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको र जनताले दिएको विश्वासलाई व्यवहारमा उतार्ने तयारी भइरहेको छ।
यद्यपि बालेनको राजनीतिक यात्रा यति सजिलो भने देखिँदैन। विशेषगरी भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग जोडिएका घटनाहरू अहिले फेरि चर्चामा आएका छन्। आन्दोलनका क्रममा काठमाडौं उपत्यका लगायत देशव्यापी रुपमा व्यापक हिंसा भएको थियो। त्यस क्रममा नीजि लगायत सरकारी संरचनामा आगजनी र तोडफोड भएको थियो। सो आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । यस घटनासँग सम्बन्धित विषयमा बालेनले केही समयअघि आयोगमा मा पुगेर बयान दिएका थिए। आयोगले आन्दोलनका क्रममा उनले सामाजिक सञ्जालमा व्यक्त गरेका धारणा तथा उनको भूमिकाबारे सोधपुछ गरेको थियो।
उक्त घटनाको छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग पनि गठन गरिएको छ। आयोगले तत्कालीन प्रधानमन्त्री ओली,पूर्व गृहमन्त्री रमेश लेखक तथा शीर्ष नेताहरूले बयान दिएका थिए । विश्लेषकहरूका अनुसार बालेन अहिले परिवर्तन र नयाँ आशाको प्रतीकका रूपमा उभिएका छन्। तर राष्ट्रिय नेतृत्व सम्हाल्ने अवस्थामा पुगेपछि उनीमाथि राजनीतिक, प्रशासनिक र नैतिक जिम्मेवारी पनि उत्तिकै बढ्नेछ। जनताले परिवर्तनको अपेक्षा गरे पनि त्यसलाई व्यवहारमा उतार्नु नेतृत्वका लागि सबैभन्दा ठूलो परीक्षा हुने बताइन्छ। बालेन शाहले सो आन्दोलनलाई हिंशात्मक बनाउने कार्यमा अप्रत्यक्ष भूमिकाबाट जेनजी युवाहरुलाई उक्साएका थिए । आन्दोलनको दोस्रो दिन देश ध्वस्त भएपछि सामाजि संजालमा बालेनले लेखेका थिए ,हाम्रो जित भयो,अब घर घर फर्कनुहोस् । त्यो भन्दा अघि नै जेनजी पर्दशनकारीले बालेनलाई सडकमा आएर आन्दोलन रोक्न माग गरेका थिए । तर बालेन देश ध्वस्त भएपछि विजय ¥याली बनाउन सवारी चढेर हिरोइक क्यारेक्टरका रुपमा सडकमा निस्किएका थिए । विगतमा तत्कालीन महानगरप्रमूख हुँदा बालेनले फेसबुक,ट्वीटर,युट्युव मा स्टाटस लेख्दै गाली शब्दहरु ¥यापमा मिसाएर गाली गर्थे र आफ्ना समर्थकहरुलाई नजिक बनाउन विभिन्न फण्डा बनाउँथे , तर अब प्रधानमन्त्री बनेपछि अब त्यस्तो गतिविधि गर्ने छुट छैन् बालेनलाई ।
काठमाडौंमा सुकुम्वासी बस्तीमाथि डोजर आतंक र ठेलामा साना व्यापार गर्नेमाथि महानगरपालिका प्रहरीले बालेनको नेतृत्वमा अमानवीय गतिविधि अघि बढाएको थियो । सो विषयमा समेत गहिरो प्रश्न अझै कायम नै छ । महानगरमा तत्कालीन मेयर हुँदा बालेन उनका दाहिने हात मानिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अहिले काठमाडौं क्षेत्र न.३ बाट रास्वपाबाट राजुनाथ पाण्डे बिजयी भएका छन् । अहिले गृहमन्त्री उनलाई बनाउने विषय चर्चामा आएको छ । तर विगत उनले काठमाडौं महानगरपालिकामा गरेको ज्याजतिप्रति प्रश्न उठेको छ ।
अब बन्ने सरकारले र आयोगले सो प्रत्यक्ष रुपमा पारदर्शी अध्ययन अघि बढाउनुपर्छ, कुनै पनि राजनैतिक प्रतिशोधका आधारमा कारबाही प्रक्रिया अघि बढाउनु हुँदैन्,त्यो गरेकमा विधीको शासनमाथि प्रश्न उठ्छ । उनका साथमा महानगर प्रहरीहरु सुरक्षाकर्मी थिए । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आज प्रतिवेदन बुझाएको छ । आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुसन्धानको प्रतिवेदन बुझाएको हो । निर्वाचनअघि नै सो प्रतिवेदन बुझान विभिन्न निकायले सरकारलाई र आयोगलाई दबाब दिएको थियो । तर निर्वाचनपछि मात्र सो प्रतिबेदन सार्वजनिक गर्ने सरकारले प्रतिवछद्धता जनाएको थियो ।सो प्रतिवेदनले कसरी,कस्तो छानबिन अघि बढाउला प्रश्न उठेको छ । सो प्रतिवेदनले सो आन्दोलनमा सम्मिलतमाथि पनि कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
जेनजी आन्दोलनका घटनाको छानबिन गर्न सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सुरूमा तीन महिनाको समयावअधि दिएको थियो। तर, तोकिएकै समयम काम पूरा नगरेपछि सरकारले बीचमा म्याद थप गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञान राज शर्मा र विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेका थिए । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा देशको प्रशासनिक केन्द्र सिंहदरबार तथा सर्वोच्च अदालतसहित विभिन्न सार्वजनिक संस्थाहरूमा तोडफोडका साथै आगजनी भएको थियो । नेपालका मतदाताले यसपटक परम्परागत दलभन्दा नयाँ नेतृत्वलाई प्राथमिकता दिएका छन्। त्यसैले आगामी दिनमा बालेनको नेतृत्वले सुशासन, विकास, पारदर्शिता र स्थायित्व दिन सक्छ कि सक्दैन भन्ने प्रश्न नै नेपालको राजनीति र भविष्य निर्धारण गर्ने मुख्य आधार बन्ने देखिएको छ।




