देश

काठमाडौँ उपत्यकामा रास्वपाले क्लिन स्वीप, १५ सिटमा सबै विजयी

काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ण बहुमत पाउँदै क्लिन स्वीप गरेको छ। काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ सिटमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।

०७९ सालमा रास्वपाले काठमाडौँका ४ र ललितपुरका १ सिटमा मात्र जितेको थियो भने यसपालि पुराना जितेका क्षेत्रमा दोहोर्याउँदै १० थप सिट जितेर क्लिन स्वीप गरेको हो।

काठमाडौँ–१ बाट काठमाडौँ–१० सम्म रास्वपाका उम्मेदवार रञ्जु दर्शना (न्यौपाने), सुनिल केसी, राजुनाथ पाण्डे, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रताप विष्ट निर्वाचित भएका छन्।

भक्तपुर–१ मा रञ्जित र भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–१ मा बुद्धरत्न महर्जन, ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा डा. तोसिमा कार्की विजयी भएका छन्।

मत परिणाममा सबै सिटमा विजयी उम्मेदवारले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ठूलो मत अन्तरले पराजित गरेका छन्। विशेषतः भक्तपुर–१ मा ०४८ सालदेखि जित्दै आएको नेपाल मजदुर किसान पार्टीलाई पराजित गर्दै रास्वपाका रञ्जितले ३३ हजार ४३६ मत ल्याए।

यस क्लिन स्वीपसँगै रास्वपाले उपत्यकामा आफ्नो राजनीतिक प्रभुत्व थप सुदृढ बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *