देश

मतगणनामा रास्वपाको दबदबा: १०० क्षेत्रमा जित, २५ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ। आज बिहान ६:१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप २५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता लिएको छ। नेकपा एमाले सात स्थानमा विजयी भएको छ र चार स्थानमा अग्रता कायम गरेको छ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म छ उम्मेदवार विजयी भएका छन् भने एक स्थानमा अग्रता लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हासिल गरेका छन्। यस्तै श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा रहेका छन्।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ। आयोगका अनुसार रास्वपाले १० लाख ४६ हजार मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले तीन लाख ४७ हजार, नेकपा एमालेले दुई लाख ७५ हजार र नेपाली कम्युनिस्ट पार्टीले एक लाख २१ हजार मत प्राप्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *