देश

झापा- ५ बाट ओलीलाई हराउदै बालेन शाह विजयी

काठमाडौँ । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ५९० मत प्राप्त गरेका छन् ।त्यस्तै बालेन यस निर्वाचनमा अहिलेसम्म सर्बाधिक मत प्राप्त गरेर जित हासिल गर्ने उम्मेदवार समेत बनेका छन् । यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख छ हजार ५६८ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *