देश

चार उम्मेदवार ५० हजारभन्दा बढी मतसहित विजयी, सबै रास्वपाका

काठमाडौँ । जारी मतगणनाअनुसार चार जना उम्मेदवारले ५० हजारभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका छन्। ती चारै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन्।

रास्वपाका डा. लेखजंग थापाले रुपन्देही–३ बाट ५८ हजार ८१४ मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरेका छन्।

त्यस्तै, रुपन्देही–२ बाट रास्वपाकै सुलभ खरेल ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका छन्। उनले नेकपा (एमाले) का विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले पराजित गरेका छन्।

यसैगरी, मोरङ–६ बाट रास्वपाकी रुबिना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन्। उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मत अन्तरले पराजित गरेकी हुन्।

यस्तै, रास्वपा सभापति रवि लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले नेपाली कांग्रेसकी मिना खरेललाई ३९ हजार ८३८ मत अन्तरले पराजित गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *