देश

यी हुन् नेपाली काँग्रेसबाट विजयी पाँच उम्मेदवार

काठमाडौँ । प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हासिल गरेको छ । रास्वापाले २० सिटमा जित हात पार्दा नेकपा एमालेले भने एक स्थानमा मात्र जित हासिल गरेको छ । त्यस्तै नेकपाले २ स्थानमा जितेको छ ।

कांग्रेसका तर्फबाट दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *