देश

भक्तपुर–१ मा रास्वपाको ऐतिहासिक जित, नेमकिपाको किल्ला भत्कियो

भक्तपुर । भक्तपुर क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ। लामो समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला मानिँदै आएको यस क्षेत्रमा रास्वपाका उम्मेदवार रुकेश रन्जित विजयी हुनुभएकाे हाे।

रन्जितले कुल ३३,४३६ मत प्राप्त गर्दै जित हात पार्नुभयाे। उहाँका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका नेता सुनिल प्रजापति सुवाल ले २८,१४७ मत पाउनुभयाे। यस्तै नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने ले ४,२८२ मत प्राप्त गर्नुभयाे।

यो परिणामसँगै भक्तपुर–१ मा नेमकिपाको लामो समयदेखि कायम रहेको राजनीतिक पकड अन्त्य भएको छ। रास्वपाको यो जितलाई स्थानीय तथा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *