देश

तिनिधिसभा निर्वाचन मतगणना जारी : रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा

सिद्धार्थनगर (भैरहवा)। रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारलाई पछि पार्दै सबै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार रुपन्देही १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल १४ हजार ८२४ मतका साथ अग्रस्थानमा रहेका छन्। उहाँ लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ४ हजार ४१४ मतका साथ पछ्याइरहेका छन् ।

रुपन्देही २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ३२ हजार १८८ मतका साथ अग्रस्थानमा छन्। उहाँलाई नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले ६ हजार ८४९ मतका साथ पछ्याइरहेका छन्।
रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा २६ हजार २७३ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका सुशील गुरुङ ३ हजार ७९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने रुपन्देही ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ १६ हजार ९५१ मतका साथ अग्रस्थानमा छन्। उहाँलाई एमाले का प्रमोदकुमार यादवले १४ हजार ९४४ मतका साथ पछ्याइरहेका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो।

रुपन्देही ५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खान १४ हजार ५३ मतका साथ अग्रस्थानमा छन्। उहाँलाई एमालेका खिमलाल भट्टराईले चार हजार ९२८ मतका साथ पछ्याइरहेका छन्। जिल्लामा मतगणना शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *