देश

रसुवामा काँग्रेसका मोहन आचार्य विजयी

काठमाडौँ । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।

आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरेका छन् ।

आचार्य रसुवाबाट यसअघि २०७४ र २०७९ मा पनि विजयी भएका थिए ।नेपाली काँग्रेसको यो तेस्रो जित हो ।काँग्रेसले यसअघि मनाङ र मुस्ताङमा जितेको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *