काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गुरुङले स्पष्ट अग्रतासहित जित हासिल गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी नवराज पौडेलका अनुसार गुरुङले कुल २ हजार ४१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी) ले ४५४ मत पाएकी छन्।
यद्यपि निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ।
यससँगै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले दोस्रो जित हात पारेको छ। यसअघि कांग्रेसले मुस्ताङबाट पनि विजय हासिल गरिसकेको छ।




