देश

काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ पुनः निर्वाचित

काठमाडौं । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। २४ हजार ५९२ मत ल्याएर भारी मतान्तरसहित श्रेष्ठ विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा सुमन सायमीले ३ हजार २१७, कांग्रेसका सपना राजभण्डारी २ हजार ८३५, राप्रपाका नवीन शाहीले १ हजार ९०९, एमालेका राजेश शाक्यले १ हजार ३२८ मत ल्याएका छन्।

यो क्षेत्रमा गएको निर्वाचनमा पनि श्रेष्ठ नै विजयी भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *