काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा खनालले २० हजार ९९२ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँ (कृष्ण)ले ५ हजार १२७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार अमन मास्केले ३ हजार ७ मत पाएका छन्।
यस निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। मतगणना कार्य जारी रहेको कार्यालयले जनाएको छ।




