काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७० स्थानमा अग्रस्थानमा रहेको छ।
निर्वाचन आयोगका अनुसार, देशभरिका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्मको स्थितिअनुसार रास्वपा धेरै स्थानमा अग्रस्थानमा रहेको देखिन्छ। त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी केही स्थानमा प्रतिस्पर्धामा अघि छन्।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी र केही स्वतन्त्र उम्मेदवारले पनि एक÷एक स्थानमा अग्रस्थान कायम गरेका छन्।
हालसम्म रास्वपा र कांग्रेसका एक÷एक उम्मेदवार विजयी भइसकेका छन्। काठमाडौं क्षेत्र नं १ बाट रास्वपाकी रञ्जु दर्शना १५,४५५ मतसहित विजयी भइन् भने मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली ३,३०७ मतसहित विजयी भएका छन्।




