काठमाडौँ। काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।
क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा (एमाले)का अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिनुभएको छ । उहाँले सात हजार ६१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गर्नुभएको छ ।




